उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रेम बहादुर पाठक नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ २१ गते बसेको १००औँ बैठकले पाठकलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरेको हो । उन्नतिमा पाठकको यो दोस्रो कार्यकाल हो ।
वित्तीय संस्थाले २०७० माघ २२ गतेदेखि लागु हुने गरी प्रेम बहादुर पाठकलाई पहिलो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो ।


