Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुडविल फाइनान्सको नाफा तीन करोडमाथि

२०७४ माघ १६ गते

बैंकिङ खबर । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ८३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमसमा गुडविलले दुई करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

८० करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडकोषमा १४ करोड ८६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा चार अर्ब ७९ करोड ८७ लाख रुपैयाँ संकलन गरी बैंकले कर्जामा चार अर्ब सात करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी घटे पनि सञ्चालन मुनाफा बढेको छ । यो अवधिमा फाइनान्सले छ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने चार करोड ४७ लाख ८४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । फाइनान्सले २४ लाख रुपैयाँ प्रोभिजन राखेको छ ।

पुस मसान्तमा गुडविल फाइनान्सको प्रतिसेयर आम्दानी सात दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १८ दशमलव ५९ रुपैयाँ, तरलता अनुपात ३३ दशमलव ९२ प्रतिशत, निष्कृय कर्जा दुई दशमलव २१ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १९ दशमलव २६ प्रतिशत रहेको छ ।

Ad