बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा ३ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७ दशमलव ९७ प्रतिशतले वृद्धि गरी एक खर्ब ४९ अर्ब १० करोड ४३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ७३ प्रतिशतले बढेर चार अर्ब एक करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७६ दशलमव ४५ प्रतिशतले बढेर दुई अर्ब तीन करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ४० करोड ८७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिमवापत ८८ करोड ९५ लाख रुपैयाँ राखेको छ ।
पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा तीन दशमलव ११ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) ११ दशमलव ४२ प्रतिशत रहेको छ ।