बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ४७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सहयोगीले पाँच करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
५० करोड ९६ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा १४ करोड ९६ लाख रुपैयाँ राखेको छ । तीन अर्ब ४५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जामा दुई अर्ब ८४ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी आठ प्रतिशतले घटेर १० करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४९ प्रतिशतले घटेर तीन करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ८२ लाख ४० हजार रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा २.४५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १९.०२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १४ दशमलव २३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ४१ प्रतिशत रहेको छ ।