नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले नयां भर्ना गरिएका कर्मचारीहरुको लागि ग्यालेक्सी क्याफे वुटवलमा एक दिवशिय अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । बैंकले भरखरै संचालनमा आएका र संचालनको प्रक्रियामा रहेका थप ६ वटा शाखा कार्यालयहरुको लागि समेत लक्षित गरि नियुक्त गरेको सहायक प्रशिक्षार्थी कर्मचारीहरुको लागि उक्त तालिम दिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालवाट उद्घाटन गरिएको उक्त तालिममा नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्का, आईटी प्रमुख अनुप गौतम, प्रमुख कर्जा अधिकृत राजेशराज जोशी, रिपोटिङ्ग प्रमुख पुष्कर बोहरा र एएमएल तथा अनुपालन विभाग प्रमुख कृष्ण प्रसाद पन्थीले स्रोत व्यक्तिको भुमिका निभाएका थिए ।
बैंकको ११ वटा शाखा कार्यालयहरु संचालनमा रहेको र प्रतावित शाखाहरु ओमसतिया गाउँपालिका–१, ठुटीपीपल, सियारी गाउँपालिका–४, अमवा, सुद्धोधन गाउँपालिका–५, मानपकडी, वुटवल–११, कालिकानगर, वुटवल–१३ बेलवास रुपन्देही र वेलाटारी, नवलपरासी छिट्टै संचालनमा आउने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।