Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकास बैंकको मुनाफामा झिनो वृद्धि

२०७४ माघ १२ गते

बैंकिङ खबर । कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कैलाशले २६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५२ करोड छ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ८० करोड १६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशमलव १० प्रतिशतले वृद्धि गरी १९ अर्ब ११ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २२ दशमलव ३० प्रतिशत बढाएर १७ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १४ दशमलव २९ प्रतिशतले घटेर ३९ करोड ६७ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ दशमलव ५१ प्रतिशतले घटेर २८ करोड २२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड ६४ लाख ३७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा दुई करोड ७२ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

कैलाश विकास बैंकको जोखिमयुक्त सम्पत्ति १७ दशमलव १२ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ५६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २१ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ९० गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८३ प्रतिशत रहेको छ ।

Ad