Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बिराटचोकमा सिभिल बैंकको शाखा संचालनमा

२०७४ पुष २४ गते

सिभिल बैंक लिमिटेडले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याईएको हो । 

उक्त शाखाको समुद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरे । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 
    
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८% को बृद्धी हो) खुद नाफा कमाउन सफल भएको यस बैंकले सेयरधनीहरुलाई ४०% हकप्रद सेयरको निस्कासन गरीसकेको छ । हकप्रद सेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गतआ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्ब पुर्याउने योजना रहेको छ । 

Ad