May 5th, 2016

७ दिनमा ५ अर्ब उठाउँदै राष्ट्र बैंक

liquidity 1मूल्यस्थिरता कायम गर्नका लागि राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । बैशाख २३ गते राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने सूचना प्रकाशन गरेको छ । लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै आएको छ । बैशाख २९ गते रिभर्स रिप्पो गर्न लागेको बैंकले ७ दिनको अवधिमा पाँच अर्ब रुपैंया खिच्ने जनाएको छ ।

गत वर्ष भएको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकभित्र आर्थिक गतिविधि ठप्प भएपछि बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे परेको छ । विभिन्न मौद्रिक उपकरण प्रयोग गरी उठाइएको अधिक तरलतामा राष्ट्र बैंकले अत्यन्तै कम व्याज दिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा व्याजदरको निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]