Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल ग्रामीण विकास बैंक परिवारद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान

२०७४ मंसिर ६ गते

नेपाल ग्रामीण विकास बैंक सञ्चालक समितिका पदाधिकारी तथा बैंकका सम्पूर्ण कर्मचारीहरूबाट संकलन गरिएको १० लाख ५ हजार रुपैयाँको आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  प्रदान गरिएको छ । दर्जनौंको मृत्यू र हजारौं परिवार घरवारविहीन हुने गरी गत साउन र भदौ महिनामा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त सहयोग रकम बराबरको चेक सम्माननीय प्रधानमन्त्री शेर बहादूर देउवालाई बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले एक समारोहकाबीच हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका अन्य पदाधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।