Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

बैंक अफ काठमाण्डूको मुनाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट

२०७४ कार्तिक १९ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डू लिमिटेडले २२ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३२ प्रतिशतलृ घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले २७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब ६२ करोड चुक्तापूँजी भएको बैंकले ६९ अर्ब १५ करोड ९ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ३२ करोड ८० लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचालन मुनाफा छ दशमलव ४४ प्रतिशतले घटेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी एक अर्ब २६ करोड ९७ लाख रुपैंयाबाट बढेर एक अर्ब ९२ करोड नौ लाख रुपैंया पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आवको सो अवधिमा २३ रुपैंया ६८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको यो वर्ष प्रतिशेयर आम्दानी १५ रुपैंया ९२ पैसामा सीमित भएको छ । त्यस्तै बैंकको निष्कृय कर्जा अनुपात १ दशमलव १२ प्रतिशतबाट बढेर २ दशमलव शून्य ८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैंया ५० पैसा र मूल्य आम्दानी अनुपात २७ दशमलव ८३ गुणा रहेको छ ।