Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सनराइज बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७४ कार्तिक १६ गते

सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसर पारेर रक्तदान कार्यक्रा सम्पन्न गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा बैंकको प्रधान कार्यालय तथा मुख्य शाखा गैह्रीधारामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । 

बुधबार सम्पन्न रक्तदान कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यद्घय डा. दीपकप्रसाद भट्टराई तथा ज्योति कुमार बेगानी, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियोे । कार्यक्रममा ८६ जना व्यक्तिहरुबाट कुल ८६ पिन्ट्स रगत संकलन गरिएको बताइएको छ । 

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा “रक्तदान गरौँ, आजै गरौँ, निरन्तर गरौँ” भन्ने नारालाई आत्मसाथ गरी उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

आफ्नो दशौैं वार्षिकोत्सवको अवसर पारेर बैंकले गत एक महिनादेखि देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै वाग्मती सरसफाई कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, वृद्धाश्रम तथा अनाथालयलाई आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गरिरहेको छ ।