Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले कमायो साढे १३ करोड मुनाफा

२०७४ कार्तिक १४ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ६० करोड १९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जातर्फ ४६ दशमलव ९० प्रतिशतले बढाएर १६ अर्ब ८० करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २१ दशमलव २२ प्रतिशतले बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी १९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड ५२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३६ लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव ६७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २६ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २४ दशलमव ३८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४२ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७५ प्रतिशत रहेको छ ।