Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सिद्धार्थ बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच सम्झौता

२०७४ कार्तिक १३ गते

सिद्धार्थ बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले कात्तिक ८ गते हस्ताक्षर गरे । 

सम्झौता अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार सिद्धार्थ बैंकले नेशनल बैंकिङ् ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पस मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।