Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

चीनका १९ प्रतिशत जनता साइबर आक्रमणबारे बेखबर

admin २०७४ कार्तिक ७ गते
सेयर:

तियानजीङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । उनीहरुमध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमणबारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ ।

चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए । साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा ‘सामान्यतया ठिकै’ भन्ने जवाफ दिएका छन् । सर्वेक्षणकर्ताहरुले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये झण्डै ४० प्रतिशतले ठुला साईबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन् । झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरुलाई कुनै असर नपर्ने सोचेका रहेछन् । रासस/सिन्ह्वा

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।