प्रभु मनि ट्रान्सफरको दशैँ तिहार योजनाअन्तर्गत दोस्रो साताको विजेता सार्वजनिक गरिएको छ । प्रभुसँग दशैँ तिहार र छठको उमंग, हर्षले सबै जना दंग नाम यस उपहार योजनाअन्तर्गत दोस्रो साता कमला विकले एलईडी टिभी पाएकी छिन् । राजमती कार्की र विष्णु बहादुर पलले स्मार्ट फोन पाएका छन् भने एक महिनाको रिचार्जको साथमा प्रभु टिभी सेट टप बक्स पाउनेमा तिलोत्तमा राई, सेन ग्याल्जेन लामा, महा शर्मा पाण्डे, सुपलाल बल तामाङ, विमला घिमिरे, शिवनाथ मण्डल र सविता शर्मा उपाध्याय रहेका छन् ।
