Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्धारा बाढीपीडितलाई सहयोग

२०७४ आश्विन २ गते

हिमालयन बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । बैंकले हालै देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरवारविहीन भएकाहरुको सहयोगार्थ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । 


 

Ad