Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको भूमिका अब सडकदेखि पुल निर्माणसम्म

admin २०७४ भाद्र २६ गते
सेयर:

सडकदेखि पुल निर्माणसम्मको काममा लगानी गर्नका लागि छिटै नै पूर्वाधार विकास बैंकको स्थापना हुने भएको छ । बैंकका संचालनको अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा दर्ता भएको नेपाल इन्फ्रस्ट्रक्चर बैंक अबको छ महिनाभित्रमा संचालनमा आइसक्ने इमर्जिङ नेपालका सीईओ डा. विनोद आत्रेयले बताएका छन् । नेपाल इन्फ्रस्ट्रक्चर बैंकको स्थापनामा इमर्जिङ नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । 

नेपालमा लगानीकै अभावका कारण पूर्वाधार विकास हुन नसकेको महशूस गर्दै पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार सम्बन्धी परियोजनामा लगानी गर्छ । हाइड्रोपावर, सडक, रेल वे, पर्यटन होटलहरु, कृषिसँग सम्बन्धित क्षेत्र, स्मार्ट सिटि, इण्डस्ट्रीयल पार्क, एजुकेशनल सिटि निर्माण लगायतका कामहरु गर्छ । मुलुक संघीय संरचनामा गएपछि सात वटै प्रदेशमा निर्माण गरिने भौतिक पूर्वाधार लगायतमा पनि यो बैंकले लगानी गर्नेछ । 

यसबाहेक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधारमा लगानी गर्ने संस्थाहरुको सेयरमा पनि लगानी गर्ने डा. आत्रेयले बताए । ‘अहिले नेपालमा भारत लगायत अन्य मुलुकहरुले विभिन्न परियोजनाहरु संचालन गरिरहेका छन् । साथमा मुलुकभित्र विभिन्न आयोजनाहरु निर्माणका लागि स्वदेशी तथा विदेशी दाताहरु सहयोग पनि गरिरहेका छन्,’ उनले भने, ‘यसरी, पूर्वाधारमा लगानी गर्नका लागि विदेशबाट आइरहेको पुँजीको परिचालन गर्ने काम यो बैंकले गर्नेछ ।’ अन्तर्राष्ट्रिय निकायहरुबाट आउने सहयोग तथा ऋणको कुशल व्यवस्थापन गर्ने र परिचालन गर्ने काम पनि यस बैंकले गर्ने बताइएको छ । नेपाल राष्ट्र बैंकले २ बर्षअघि पूर्वाधार विकासका लागि २० अर्ब चुक्ता पुँजी सहितको पूर्वाधार विकास बैंक स्थापनाको परिकल्पना गरेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।