Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धेरै नाफा कमाउने पाँच फाइनान्स कम्पनीहरु

admin २०७४ भाद्र १८ गते
सेयर:

रुपा कोइराला । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजीवृद्धि नीतिले सबैजसो फाइनान्सहरु विलय हुने प्रक्षेपण गरिएको भए तापनि हाल ३२ वटा फाइनान्स कम्पनीहरु संचालनमा छन् । त्यसमध्ये, कतिपय समस्या ग्रस्त अवस्थामा छन् भने केही विलय हुने क्रममा छन् । केही फाइनान्स कम्पनीहरुले भने गत आर्थिक वर्षमा राम्रो पर्फमेन्स गरेर फाइनान्सको क्षेत्रमा राम्रो छवि कायम गरेका छन् । यसैबिच, गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद मुनाफा आर्जन गरेका पाँच बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ ः

आईसीएफसी फाइनान्स लिमिटेड
धेरै नाफा कमाउने फाइनान्स कम्पनीहरुको अग्रस्थानमा रहेको आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १९ करोड ५२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ८० करोड १७ लाख ८४ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोषमा ३५ करोड ५८ लाख ३३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले छ अर्ब ७९ करोड ७७ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५८ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३२ करोड ७६ लाख ३९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने १७ करोड ६३ लाख ८७ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ४४ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानीको अनुपात ११.८२ गुणा रहेको छ ।

सिनर्जी फाइनान्स लिमिटेड
सिनर्जी फाइनान्स लिमिटेडले १८ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ४७ करोड ४४ लाख नौ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोष पाँच करोड २४ लाख नौ हजार रुपैयाँ नेगेटिभमा रहेको छ । एक अर्ब ८६ करोड ४५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले एक अर्ब ६७ करोड ८१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा सिनर्जीको खुद व्याज आम्दानी १२ करोड ३४ लाख ९२ हजार रुपैयाँ पुगेको छ भने संचालन ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ १९ पैसा, प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानीको अनुपात ४.०६ गुणा रहेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले १४ करोड ४७ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोषमा ३० करोड ७८ लाख २८ हजार रुपैयाँ रहेको छ । फाइनान्सले तीन अर्ब ३३ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८५ करोड ११ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा फाइनान्सको खुद व्याज आम्दानी १६ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० करोड ७८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ८९ रुपैयाँ ११ पैसा र मूल्य आम्दानीको अनुपात ९.१४ गुणा रहेको छ ।

गोर्खाज फाइनान्स लिमिटेड
७६ करोड २४ लाख ७५ हजार रुपैयाँ चुक्तापुजी भएको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको जगेडाकोषमा ३४ करोड २५ लाख ४५ हजार रुपैयाँ रहेको छ । यो अवधिमा चार अर्ब छ करोड ८७ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४२ करोड ९२ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको गोर्खाजको खुद व्याज आम्दानी २२ करोड ७६ लाख ५७ हजार रुपैयाँ रहेको छ भने संचालन तीन करोड २६ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ४४ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानीको अनुपात १०.०४ गुणा रहेको छ ।

सृजना फाइनान्स लिमिटेड
गत आर्थिक वर्षमा सृजना फाइनान्स लिमिटेडले १३ करोड ५० लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३० करोड २४ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोषमा १८ करोड ५७ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा तीन अर्ब ३६ करोड ८२ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७२ करोड २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सृजनाको खुद व्याज आम्दानी २९ करोड ३५ लाख सात हजार रुपैयाँ र संचालन मुनाफा २१ करोड २१ लाख ८५ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ६१ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानीको अनुपात ९.७४ गुणा रहेको छ ।  

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।