देशको विभिन्न भेगमा आएको प्राकृतिक प्रकोप(बाढि–पहिरो)बाट मोरङ्ग जिल्लाको पिडित समुदायमा तत्काल राहत पुर्याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक लाख एक हजार एक सय एघार रुपैंया राहत रकम हस्तान्तरण गरेको छ । संघले पेशागत महासंघ नेपालको आव्हानमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल) मार्फत उक्त रकम सहयोग गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावतीले बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल)का राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदीलाई एक समारोहका बीच बुधबार चेक हस्तान्तरण गरे ।
सो कार्यक्रममा बीफु नेपालका महासचिव योगेन्द्र बहादुर सिंह, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ट उपाध्यक्ष भरत प्रसाद भट्टराई, उपाध्यक्ष तोया शर्मा ढुङगेल, महासचिव हेमराज सुवेदी लगायत रावा बैंक कर्मचारी संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।