Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

 इजलिंक रेमिट्यान्स र कुमारी बैंक बीच रेमिट्यान्स सम्झौता

२०७४ श्रावण २५ गते

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखि  देशमा रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स प्रा.लि. र कुमारी बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सको तर्फबाट प्रबन्धक दिपेन्द्र खनाल तथा अपरेशन इन्चार्ज सालिक राम दाहाल र कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यावस्थापक राजेश श्रेष्ठ तथा उमिद श्रेष्ठको उपस्थिीमा हस्ताक्षर भयो । 

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्समार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखा हरु र ५००० भन्दा बढी कुमारी रेमिटका ऐजन्टमार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्ने कम्पनिका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिए । विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने अपेक्षा गरिएको छ । 

इजी लिंक रेमिट्यान्सले विगत १९ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै निजी कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी खनालले गराए । 

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्समार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका ४००० हजारभन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने प्रबन्धक खनालले जानकारी गराए । 

Ad