Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

कृषि विकास बैंकले कमायो पौने तीन अर्ब मुनाफा

२०७४ श्रावण २५ गते

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१२ अर्ब ५२ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा नौ अर्ब ८८ करोड ८० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ७९ प्रतिशत वृद्धि गरी ९९ अर्ब ९५ करोड २० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ११ दशमलव ३९ प्रतिशतले वृद्धि गरी ८८ अर्ब २९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १३ दशमलव ४६ प्रतिशतले बढेर सात अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० प्रतिशतले बढेर दुई अर्ब ८५ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक अर्ब १८ करोड ९५ लाख रुपैयाँ राखेको छ भने ६९ करोड ६८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

असार मसान्तसम्ममा बैंकको पूँजीकोष अनुपात शुन्य दशमलव ३१ प्रतिशतले बढेर १७ दशमलव ४७ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशतले घटेर दुई दशमलव ९७ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ३४ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव १८ प्रतिशत रहेको छ ।