Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लक्ष्मी बैंक पनि प्रवेश गर्यो अर्वपति क्लबमा, मुनाफामा ४८ प्रतिशत वृद्धि

२०७४ श्रावण २३ गते

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा लक्ष्मीले ६७ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सात अर्ब ४७ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी बैंकले जगेडाकोषमा दुई अर्ब १८ करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २२ दशमलव ९१ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ३२ करोड ४ लाख रुपैयाँ संकलन गरेको बैंकले ३० प्रतिशतले वृद्धि गरी कर्जामा ५२ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २६ दशमलव ५४ प्रतिशतले बढेर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ४१ दशमलव ३१ प्रतिशतले बढेर एक अर्ब ३५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा नौ करोड ७४ लाख रुपैयाँ राखिएको छ । यो अवधिमा बैंकले चार करोड ९० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ३४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ३१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ३ दशमलव ०४ प्रतिशतले बढेर १४ दशमलव १९ प्रतिशत रहेको छ ।