मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना दुई मृतक ग्राहकका श्रीमान्हरुलाई काजमिरिया खर्चवापत तत्काल पाँच÷पाँच हजार रुपैयाँदिएको छ । बैंकको क्षेत्रीय कार्यालय पोखराका प्रमुद बाबुराम ढकालले उक्त रकम प्रदान गरेका हुन् ।
जनता बैंकमा होईन बैंक जनतामा जानु पदर्छ भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ्ग, लघुवित्त र सिमित बैंकिङ्ग एकै साथ संचालन गर्ने नेपालको पहिलो यस बैंकले लघुवित्त डेस्क कार्यालय पृथ्वीचोकबाट लघुवित्त कर्जा अन्तर्गत एक लाख रुपैयाँ लिएकी कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटन निवासी गंगामाया कामी र सोहि स्थान बस्ने लघुवित्त कर्जा अन्तर्गत एक लाख रुपैयाँ लिएकी सारदा सुनारका श्रीमान्हरुलाई सो रकम प्रदान गरेको हो । कामी र सुनाको क्रमशः साउन १२ गते र १५ गते मृत्यु भएपछि मृतकका परिवारलाई काजकिरिया खर्चको रुपमा विहीबार सो रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
उक्त रकमका साथमा दिवङ्गत श्रीमती कामीले बैंकलाई तिर्न बाँकी सावा तथा व्याज रु ४१,६६२।– तथा श्रीमती सुनारले बैंकलाई तिर्न बाँकी सावा तथा व्याज रु ८,३२६।– समेत बैंकले मिनाहा गरेको छ ।
सो क्रममा डेस्क कार्यालय पृथ्वीचोकका प्रमुख मनोज भारती, आधुनिक बैकिङ्गका शाखा प्रमुख अर्जुन सुबेदि, आफ्न्तजन तथा समुह सदस्यहरुको उपस्थिती रहेकोे थियो ।