Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकमा सयौलाई रोजगारी

admin २०७४ श्रावण १९ गते
सेयर:

'क' वर्गका तीन वटा बैंकमा रोजगारी खुलेको छ । एनआईसी एसिया बैंक, सनराइज बैंक र सानिमा बैंकले ठूलो संख्यामा कर्मचारी मागरेका हुन् । यीमध्ये, सनराइज बैंकले अनुभव नभएकाहरुलाई आफैँ दक्ष बनाउने गरी कर्मचारी नियुक्त गर्न लागेको छ । त्यसैले, बैंकमा जागीर खान इच्छुक उम्मेदवारहरुको लागि यो सुनौलो अवसर सावित हुन सक्छ । हेरौँ, कुन कुन बैंकले कुनकुन पदका लागि कर्मचारी माग गरेका छन् ?

एनआईसी एसिया बैंकले विभिन्न पदका लागि १८८ जनाको दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न डिपार्टमेन्टमा नियुक्त गर्नका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र आईटी प्रमुखको तहमा उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी मागेको हो । आवेदन दिने मिति ३ अगस्टसम्म रहेको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/current-vacancies 

सनराइज बैंक लिमिटेडले १७ जिल्लाका विभिन्न १९ गाउँपालिकामा निकट भविष्यमा नै खुल्न लागेका शाखाहरुमा नियुक्त गर्नका लागि ठूलो संख्यामा प्रशिक्षार्थी कर्मचारी माग गरेको छ । तीनदेखि छ महिनासम्म व्यवहारिक कार्यगत अनुभवसहित दक्ष बनाई तोकिएको शाखा सञ्चालनमा आएपछि पदस्थापन गर्ने गरि प्रशिक्षार्थी कर्मचारी माग गरेको बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएपछि सोको तयारीस्वपरुप बैंकले आफ्ना कर्मचारीलाई आफैँ दक्ष बनाउन लागेको हो । प्रविणता तह उतीर्ण गरेको र उमेर २८ वर्ष ननाघेका उम्मेदवारले आफूले चाहेबमोजिमको पदमा दरखास्त दिन सक्नेछन् । अनुभव भएकाहरुले पनि आवेदन दिन पाउने बताइएको छ ।

आफूले दरखास्त दिने पद छनौट गरी आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://wwww.sunrisebank.com.np/career/

सानिमा बैंक लिमिटेडले व्यवस्थापकीय तहमा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्रका लागि स्नातकोत्तर उतीर्ण रेमिट्यान्स हेड नियुक्त गर्न लागेको हो । यसका लागि बैंकले कम्तीमा बैंकिङ क्षेत्रमा छ वर्ष (कम्तीमा पाँच वर्ष रेमिट्यान्स व्यवसाय सम्हालेको) अनुभव मागेको छ । बैंकको रेमिट्यान्स व्यवसाय व्यवस्थापन तथा विस्तारको जिम्मेवारी बहन गर्न सक्ने ४५ वर्ष उमेर ननाघेका उम्मेदवारलाई ३१ जुलाईभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ । एप्लाई गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://career.sanimabank.com/career/224

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।