एनएमबि बैंक लिमिटेडले आ.व.२०७३/७४ मा अब्बल प्रदर्शन गरेको छ । सो अवधिमा बैंकले सञ्चालन मुनाफामा ६० प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । बैंकद्धारा प्राशित विवरण अनुसार एनएमबि समुहले अघिल्लो आर्थिक वर्ष भन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्घि गरी रु. १ अर्ब ६१ करोड खुद मुनाफा आर्जन गरेको छ । मुनाफाको मुख्य स्रोत गैर कोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको बैंकले जनाएको छ । वित्तीय क्षेत्रमा देखिएको असहज बजार अवस्थामा पनि बैंकले हरेक त्रैमासिकमा लगातार सामान वित्तीय प्रदर्शन गर्दै राम्रो मुनाफा आर्जन गर्न सफल भएको हो ।
बैंकको समिक्षा अवधिमा सेयरधनीको कोष ५५ प्रतिशतले बढेको छ । जुन ६.९१ अर्वबाट बढेर रु १०.७३ अर्व पुगेको छ । एनएमबि बैंकको कर्जा रु ६२.६ अर्व रहेको छ । जुन बिगत आ.व.२०७२/७३ का तुलनामा १५.५ प्रतिशत बढेको छ । साथै बैंकको निक्षेप परिचालन १३ प्रतिशतले बृद्दि भई रु ७३.२ अर्व रहेको छ ।
एनएमबि बैंकले नेपाली बैकिङ्ग इतिहासमै सबै भन्दा ठुलो बैदेशिक लगानी एफएमओ — नेदरलेण्डस् मार्फत भित्राएर एफएमओको लगानी २० प्रतिशत पुर्याएको छ । बैंकले २०७३ साल फागुन महिनामा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ । सम्मेलनको मूल नारा “Shifting the Financial Paradigm – Courage to Act Together” लाई आत्मसाथ गर्दै जिएबिभिका सदस्यहरुले मुनाफालाई मात्र जोड नदिई दिगो बैकिङ्ग प्रणाली अपनाई ग्राहक लगायत जनताहरुलाई सर्व सुलभ किसिमले वित्तिय प्रणालीको धारमा ल्याउनेतर्फ पहल गरेको छ ।
बैंकले आ.ब २०७३/७४ को अन्य सम्ममा ८० शाखा ४ ऐक्टेन्सन काउन्टर र ६८ वटा ऐटिएम सेवा बिस्तार गरेको छ, भने बैंकको दुईवटा सहायक कम्पनीहरु एनएमबि क्यापिटल तथा एनएमबि लघुवित्त वित्तीय संस्था रहेको छ । बैंकले संचालन गरेको एक घर एक खाता अभियानले बैकिङ्ग पहुँचबाट टाढा रहेको जनताहरुलाई वित्तीय साक्षरतामार्फत बैकिङ्ग प्रणालीमा समाबेश गराउन सफल भएको छ । बैंकले साना तथा मझौला ब्यबसाय वर्गलाई लक्षित गरि संचालन गरेको “Channel Financing Program” ले ब्यबसायको हरेक खण्डमा लगानी बिस्तार गर्दै वित्तीय सुबिधाहरु प्रदान गरेको छ ।