ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा गरेको आर्जन गरेको छ । सो अवधिमा बैंकले १६ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ०७४ असार मसान्तसम्ममा ओमको कर्जा निक्षेप अनुपात ७५.२३ प्रतिशत, निक्षेप तरलता अनुपात २९.०५ प्रतिशत तथा निष्क्रिय कर्जा ०.९० प्रतिशत कायम भएको छ ।
बैंकको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले सेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश सेयर बितरण गर्न सक्ने र ३० प्रतिशत हकप्रद बितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।
बैंकको हालको शाखा संख्या ४१ वटा रहेको छ भने नेपाल राष्ट्र बैंकबाट १२ वटा नयां शाखा खोल्न स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) संग ग्राहकहरुलाई भिजा कार्ड बितरण गर्नको लागि सम्झौता गरिसकेको छ ।