Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिभिल बैंकको सीईओमा गोबिन्द गुरुङ नियुक्त

२०७४ श्रावण १६ गते

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि यही साउन १२ गते सकिएपछि बैंकको नेतृत्व सम्हाल्न आएका हुन् ।

विगत २१ बर्षदेखि बैंकिङ्ग क्षेत्रमा सकृय गोबिन्द गुरुङ्ग गत वैशाख १२ गतेदेखि सिभिल बैंकमा नै कामु सीईओ थिए । उनी हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आवद्ध छन् ।