Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको मुनाफा सवा ३४ करोड

२०७४ श्रावण १२ गते

गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा ३४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ६२ करोड ५५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५७ दशमलव २७ प्रतिशतले वृद्धि गरी १४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १२ अर्ब ९९ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६३ दशमलव १८ प्रतिशतले बढेर ७४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४९ दशमलव ८५ प्रतिशतले बढेर ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा तीन करोड नौ लाख रुपैयाँ राखिएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत, पूँजीकोषको अनुपात २५ दशमलव ०४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २८ दशमलव ३८ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ०५ प्रतिशत रहेको छ ।

Ad