Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनउत्थान सामुदायिक लघुवित्तद्धारा ‘फलफुलको विरुवा वितरण तथा रोप्ने’ कार्यक्रम सम्पन्न

२०७४ श्रावण ९ गते

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ०७, कोइली बनगाईमा फलफुलको विरुवा वितरण तथा रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले कपिलबस्तु जिल्लामा रहेको आफ्नो बनगाई शाखा कार्यालयमा आबद्ध ५० जना बैंकिङ्ग समुदायका सदस्यहरुलाई आँप र लिचीका विरुवाहरु वितरण गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट बोल्दै प्रमुख कार्यकारी अधिकृत पोख्रेल, प्रवन्धक दल बहादुर लोहागुन र बरिष्ठ अधिकृत ज्ञानिश्वर पन्तले बैंकको यो सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने ग्रिन फाइनान्सिङ्ग प्रोमोसनकोे कार्य भएको जानकारी गराए । साथमा, यसलाई अझ व्यावसायिक रुपमा अगाडी बढाउन समुह सदस्यहरुलाई सुझाव समेत दिए । 

केन्द्रीय कार्यलय बुटवल १२, कालिकाचोक, रुपन्देहीमा रहेको यस बैंकले हाल सम्म २४ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Ad