प्रभु बैंक लिमिटेडले काठमाडौँको गुर्जुधारामा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । आइतबार सभासद राजेन्द« कुमार के.सी.ले एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको जनाएको छ । उक्त शाखामार्फत काठमाडौँ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहज रुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।