काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलपमेन्ट बैंकले आफना शाखा प्रमुुखहरुका लागि दुुई दिने प्रशिक्षण तथा गत आ.ब. २०७३÷७४ को समिक्षा भेला पोखरामा सम्पन्न गरेको छ । ग्राहकहरुलाई अझै उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले श्रावण ०७ र ०८ गते पोखरामा बैकका बिभिन्न बिभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुुख गरी ४५ जना कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण तथा समिक्षा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आ.ब.को समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पारे ।
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरेको परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप–निर्देशक शरण कुुमार अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले उत्प्रेरणात्मक अनुुभवहरु सुनाउँदै प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ, संचालक शिवलाल मल्लले बैकको बर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पारेका थिए ।
बैंकले आ.ब.२०७३/७४ मा १३ अर्व ८७ करोड निक्षेप संकलन, ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब रु. ५४ करोड १ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ । जुन गत आ.ब.७२/७३ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा रु.३ अर्ब ५१ करोड अर्थात ३३.८९५, कर्जामा रु. २ अर्ब ५१ करोड अर्थात २७.४८ ५ तथा संचालन मुनाफामा रु. २० करोड ४६ लाख अर्थात ६१५ ले वृद्धि गर्न सफल रहेको का.मुु. प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।