Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको २८ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

२०७४ श्रावण ६ गते

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक समारोहका बीच वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरिन् । सो अवसरमा उपाध्यक्ष शाक्यले संघीय गणतन्त्रको अवस्थामा आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापन बीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताइन् ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष बेद बहादुर लावतीेको अध्यक्षतामा आयोजीत कार्यक्रममा पेसागत महासघं नेपालका उपाध्यक्ष शंकर सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (द्यक्ष्ँग्) नेपालका राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, शिव कुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका उपाध्यक्ष दिनेश बिक्रम थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव अशोक शिवा, राष्ट्रिय कर्मचारी संगठनका, नेपालका उपमहासचिव उभार पाण्डले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । 

२८ औं वर्षिकोत्सव अवसरमा ८६ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । साथै सो अवसरमा बैंक कर्मचारीहरु बीच भएको तातो आलु नामक खेल प्रतियोगिता समेत संचालन गरिएको थियो । सो खेलमा प्रथम सुनिता मानन्धर, द्धितीय नन्दा श्रेष्ठ र तुतीय अनिता भुर्तेल भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार प्रदान गरिएको थियो ।  कर्मचारी संघमा आवद्ध निवृत ४४ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो । २०७३ सालको माध्यामिक शिक्षा परीक्षमा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ७ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । कर्मचारी संघ नेपालका महासचिव हेमराज सुवेदीले संचालन गरेको सो कार्यक्रममा वरिष्ट उपाध्यक्ष भरत भट्टराईले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रवन्धकहरु, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।                                                                 

Ad