बैंकमा पैसा डिपोजिट गर्न जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईँले आफ्नो परिचयपत्र साथमा लान नभुल्नुहोला । नत्र, तपाईँको पैसा बैंकले डिपोजिट गर्दैन ।
कुनै पनि बैंकमा अरुको खाता पैसा जम्मा गर्दा पैसा जम्मा गर्न गएको व्यक्तिको परिचयपत्र अनिवार्य भएको छ । जस्तै, क भन्ने व्यक्तिले ख भन्ने व्यक्तिको खातामा पैसा जम्मा गर्न गयो भने आफ्नो परिचयपत्र लैजानुपर्ने हुन्छ । सानो रकम जम्मा गर्दा पनि यो नियम अनिवार्य रहेको छ । आफ्नै खातामा पैसा जम्मा गर्दा भने यो नियम लागू हुने छैन ।