Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैकद्धारा बागमती सफाइ महाअभियानलाई सहयोग

२०७४ श्रावण १ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती सफाइ अभियानलाई गमबुट, टोपी, बाक्लो पन्जा लगायतको सामग्री सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत स्वयंम्सेवा र वातावरण संरक्षणका लागि सरकार र नागरिकको संयुक्त रुपमा संचालित बागमती सफाइ महाअभियानको २१७ औं हप्ताको अवसरमा उक्त सहयोग गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धक सुशिल श्रेष्ठले सहरी विकास मन्त्री प्रभु साहलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरे । 

बागमती सफाइ अभियानको तर्फबाट सामग्री ग्रहण गरेपछि मन्त्री साहले हरेक संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरी समाज सेवाको लागि केही रकम खर्च गर्नुपर्ने बताए । बागमती सफाइ अभियानको तर्फबाट अभियन्ता टंक आचार्यले राष्ट्रिय वाणिज्य बैंकले बिगत देखिनै संस्थागत सामाजीक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजमा विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । सो कार्यक्रममा बैंकका तर्फबाट विभागीय प्रमुखहरु नरेश अर्याल, देवेश लोहनी, प्रवन्धक राजकुमार थापा, बागमती सफाइ अभियानका अभियन्ता किशोर सिंह शाही, किशोर थापा लगायतको उपस्थिति रहेको थियो ।     

Ad