मानिसअनुसार, उनीहरुको सौख र रुचि पनि फरक फरक हुन्छ । कसैको खानामा रुचि हुन्छ त कसैको सपिङ, गेमिङ या अन्य । कोही भने देशविदेश घुम्न मन पराउँछन् । यस्तै घुमफिरको सौख राख्नेहरुलाई मध्यनजर गर्दै विजनेस संसार डट कमले घुम्नलायक संसारका उत्कृष्ट १० मुलुकहरुको बारेमा तयार गरेको सामग्री यहाँ प्रस्तुत गरिन्छ :
थाइल्याण्ड
थाइल्याण्डको खाना विश्व प्रख्यात छ । थाइ फुड भन्ने वित्तीकै सबैको मुख रसाउँछ । साथमा, सपिङ, समुन्द्री तट, आइल्याण्ड र अन्तर्राष्ट्रिय स्तरका रिसोर्टहरुको आनन्द लिने उत्कृष्ट गन्तव्य हो थाइल्याण्ड ।
रसिया
पूर्वी युरोप जान चाहनुहुन्छ भने रसिया जानुहोस्, पछुताउनुहुने छैन । विशेषतः ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक कलाहरुको अवलोकन गर्नका लागि उत्कृष्ट गन्तव्य हो रसिया । रसिया जानुभयो भने मस्को र सेन्ट पिटर्सबर्ग जान नछुटाउनुस् ।
बेलायत
एडभेन्चर मन पराउने जोकोहीको गन्तव्य हुन सक्छ बेलायत । लण्डन संसारकै सबैभन्दा धेरै पर्यटकहरु पुग्ने सहरमध्ये एक पनि हो । एडभेन्चर, भौतिक विकास, विकसित मुलुकका मानिसहरुको विलासी जीवनशैली लगायतको अवलकन गर्न चाहानुहुन्छ भने तपाईँ बेलायत जानुहोस् ।
जर्मनी
जर्मनी जाने हो भने तपाईँ बर्लिन जान नभुल्नुस् । साथमा कस्मोपोलिटन सहर पनि घुम्नुहोस् । यहाँका हरेक सहरहरु एकअर्काभन्दा फरक विशेषता बोकेका छन् । विशेषतः तपाईँ क्रिष्टमसको समयमा जर्मन जानुहोस् र नुरम्बर्गको क्रिष्टमस मार्केट अवलोन गर्नुहोस्, स्वर्गीय आनन्द प्राप्त गर्नुहुनेछ ।
टर्की
टर्कीमा जानुभयो भने घुम्नलायन थुप्रै ठाउँहरु छन्, विशेषगरी इस्तानबुल । यहाँको म्युजियम, मस्जिद, अन्डरग्राउण्ड जलाशय र ठूलो बजार अवलोकन गर्ने अवसर तपाईँले टर्कीमा पाउनुहुनेछ ।
इटली
जिज्ञासु स्वभावमा मानिसहरु, जो नयाँ कुराहरुप्रति चासो राखिरहन्छन्, उनीहरुले घुम्नैपर्ने मुलुक हो, इटली । यहाँ तपाईँ हामीले जान्नैपर्ने थुप्रै इतिहास, संस्कृति र सजीवता छन् । साथमा यहाँको खाना, समुन्द्री तटको मनमोहक दृश्य संसारको अन्य कुनै कुनामा पाइँदैन ।
चीन
चीनको ग्रेट वालको नाम त पक्कै सुन्नुभएको छ । संसारको सातौँ आश्चार्यमध्येको एक द ग्रेट वाल अफ चाइना हेर्ने रहर कसलाई नहोला र ? योबाहेक पनि थुप्रै सहरहरु छन्, जहाँ तपाईँ घुमफिर गर्न सक्नुहुन्छ । चीन जाँदा घुम्न छुटाउनै नहुने सहरमा पर्छन्, हङकङ र मकाउ, जहाँ अन्तर्राष्ट्रिय पर्यटकहरुको भीड सँधै लाग्ने गर्दछ । त्यसमाथि चीन त हाम्रो छिमेकी मुलुक पनि हो । चीन र नेपाल बीचमा खुला सीमाना छ । यी सबै कुराको फाइदा उठाउँदै पूर्वी एडेभेन्चरमा रमाउन चीन पो जाने हो कि ?
स्पेन
स्पेनकै कुरा गर्नुपर्दा, बार्सिलोना प्रायः सबैको रुचि हुने गरेको पाइन्छ । जति घुमे पनि नपुग्ने स्पेनमा विश्व पहिचानमा नआएका तर स्वर्गीय अनूभुति दिलाउने थुप्रै साना सहर तथा गाउँहरु छन् । साँच्चै नै रमणीय छ, स्पेन ।
संयुक्त राज्य अमेरिका
कुनै बेला बेलायतले अधिकार जमाएको अमेरिका आज विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रको रुपमा चिनिएको छ । संघीय संचरना रहेको यो मुलुकको हरेक राज्यका फरकफरक विशेषता छन्, जसले हरेक खाले पर्यटकलाई आकर्षित गर्ने गर्दछन् । असीमित अवसरहरु भएको अमेरिकामा पुग्नुभयो भने रोड ट्रिपमा जान नभुल्नुहोस् ।
फ्रान्स
संसारका घुम्नैपर्ने र धेरै पर्यटकहरु पुग्ने मुलुक हो फ्रान्स । फ्रान्सको राजधानी पेरिसको झन् कुरै अर्को छ । पेरिस पुगेपछि आईफिल टावर जाने त रीत नै बनिसकेको छ । पेरिस सहर प्रेम जोडीहरुको सहर मानिन्छ । एकदमै शान्त र व्यवस्थित रहेको फ्रान्सको मिठाई, पार्कहरु, कलात्मक वस्तुहरु प्रख्यात छन् ।


