Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मनाङमा ट्राफिक कारबाहीबाट छ लाख राजस्व संकलन

admin २०७४ असार २९ गते
सेयर:

हिमालपारीको जिल्ला मनाङमा चालु आवमा अहिलेसम्ममा ट्राफिक कारबाहीबाट रु छ लाख ३३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आवमा रु तीन लाख २२ हजार राजस्व संकलन भएको थियो । मनाङमा सवारी साधनमा वृद्धि भएसँगै ट्राफिक कारबाही पनि बढेको छ । ट्राफिक कारबाहीबाट दुई वर्षयता करिब रु १० लाख राजस्व संकलन भएको ट्राफिक प्रहरी राजेन्द्र नेपालीले जानकारी दिए। 

ट्राफिक प्रहरीका अनुसार २५ ट्रक चालक, ८०५ जिप चालक, ५९ ट्याक्टर चालक र ६१ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । अघिल्लो आवमा ७८६ सवारीचालक कारबाहीमा परेका थिए । गत वर्षदेखि मात्र मनाङमा ट्राफिक प्रहरी परिचालन गरिएको हो । जिल्लामा पश्चिमाञ्चाल क्षेत्रीय ट्राफिक निर्देशनालयको निगरानीमा दुईवटा ठाउँमा ट्राफिक चेकपोस्ट राखिएको छ । धारापानी र कोतो ९क्युपाटा०स्थित चेकपोस्टमा प्रहरी सहायक निरीक्षकसहित तीनजना ट्राफिक प्रहरी खटिएका छन् । रासस 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।