Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैकद्वारा एकैदिन चार नयाँ शाखा विस्तार

२०७४ असार २९ गते


राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बुधबार एकै दिन ३ शाखा कार्यालय र बिहिबार १ शाखा कार्यालय गरी चार वटा शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकले झापा जिल्लाको झापा गांउपालिका–२ स्थित शाखा कार्यालय झापाबजार, सिन्धुली जिल्लाको कमलामाई न.पा.–११ स्थित शाखा कार्यालय भिमान, रुपन्देही जिल्लाको गैंडहवा गांउपालिका–६ स्थित शाखा कार्यालय सुरजपुरा बुधबार र नवलपरासी जिल्लाको विनयी त्रिवेणी गांउपालिका–६ स्थित शाखा कार्यालय त्रिवेणी विहिबार बाट संचालनमा ल्याएको छ । 

यो समेत बैंकको शाखा कार्यालय संख्या  १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ । २०७३ चैत मसान्त सम्ममा बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरेको र सोही अवधिमा बैंकले २ अर्ब ७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
 

Ad