भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाइनान्स एकआपसमा गाभिएर यही असार २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । गत वैशाख २८ गते सम्पन्न साधारणसभाबाट पारित भएबमोजिम लुम्बिनी फाइनान्स एण्ड लिजिङको एक सय कित्ता सेयर बराबर भिवोर सोसाइटीको ८० कित्ता सेयर आदान प्रदान गर्ने गरी यी दुई संस्था मर्जरमा गएका हुन् । मर्जरपछि बन्ने बैंकको नाम लुम्बिनी विकास बैंक लिमिटेड रहने भएको छ । यस बैङ्कको मर्जर प्रक्रियाको लागि २०७३ माघ २५ गतेबाट हालसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहेको छ ।
बैंक-वित्त
एकआपसमा गाभिए भिबोर सोसाइटी र लुम्बिनी, असार २५ देखि एकीकृत कारोबार थाल्ने तयारी
२०७४ असार २१ गते