काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । उनले सोमबार (असार १९ गते)गते नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको समुुपस्थितीमा डेपुुटी गभर्नर सिवाकाटीसमक्ष शपथ लिई पदीय जिम्मेवारी सम्हालेका हुन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले शपथ लिनुु भएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
बैंकको मिति २०७४/०/२९ गते बसेको १८२ औ बैठकले बैंकको संचालक समिति सदस्यहरुमध्येबाट प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठलाई सर्वसम्मतीबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।