June 28th, 2017

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा भरतराज ढकाल नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् । कम्पनीको असार १३ गते बसेको १०१औं सञ्चालक समितिको बैंठकले विकास बैंक समूहमा ढकाललाई नियुक्त गरेको हो । उनी डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष समेत हुन् । यसअघि डेभलपमेन्ट बैंकर्सका तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आएका थिए ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]