ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्पन्न सेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी एक अर्ब एक करोड चार लाख रुपैयाँ रहेको छ । सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता सेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सो प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी आठ अर्ब आठ करोड तीन लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्त सम्ममा दुबैं बैंकवीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।