Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको १० औँ एटिएम सेवा महेन्द्रपुलमा

२०७४ असार ४ गते

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले पोखराको महेन्द्रपुल शाखाबाट एटिएम सेवा सुरु गरेको छ । बैंकका संचालक चन्द्रकान्त बरालले एक समारोहका बीच उक्त एटिएम सेवाको बिधिवत सुरुवात गरेका हुन् । महेन्द्रपुल सहित अब गरिमा विकास बैंकको एटिएम संख्या १० पुगेको प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको साविक निलगिरी विकास बैंक र चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको साविक शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभेर सशक्त बन्दै अगाडि बढिरहेको राष्ट्रिय स्तरको गरिमा विकास बैंकले मुलुकभर ४६ल वटा शाखा कार्यालयमार्फत एक लाख १५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

बैंकले हालसम्म १३ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । सो अवधिसम्ममा गरिमाले ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
 

Ad