गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन दुई शाखाको स्थापना गरी सञ्चालनमा ल्याएको छ । संस्थाले भानु न. पा. – ६, तुरतुरे, तनहुँ र धुनिबेशी न.पा. – ६, धार्के, धादिङ्गमा सोमबार (जेठ २९ गते) नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरी कारोबार सुरु गरेको हो । दुबै शाखा कार्यालयको उद्घाटन गणपति माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका हुन् ।
यससँगै गणपति माइक्रोफाइनान्सको शाखा संख्या १३ पुगेको छ । ०७३ कात्तिक ३० गते राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएको माइक्रोफाइनान्सले छोटो समयमा नै १३ वटा शाखा विस्तार गरेको हो । यसबाहेक, चालू आर्थिक वर्षभित्रमा नै थप शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको सीईओ सापकोटाले जानकारी दिए । गणपति राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।