Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

युएई एक्सचेन्जबाट पैसा पठाउनेलाई झन् सहज, ग्लोबल आईएमई बैंकले मिलायो यस्तो व्यवस्था

admin २०७४ जेष्ठ २८ गते
सेयर:

ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसँगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहज रुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आईएमई रेमिट्यान्स, बेष्ट रेमिट र एस रेमिटका सात हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।