सरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा प्रणालीमार्फत लगानी गर्दा विना शूल्क सेवा दिने निर्णय गरेको छ । आम नेपाली जनताहरुलाई बैकिङ सेवा दिँदै वित्तीय कारोबारमा जागरुक गराउने तथा बैंक मार्फत सेयर लगानी गर्दा सेवाग्राही महानुभावलाई थप सहुलियत होस भन्ने उद्देश्यले बैंकले आस्वा सेवा प्रदान गरिरहेको छ । मुलुकभर २५७ वटा शाखा सञ्जाल रहेको बैंकले हालका लागि १७७ शाखामार्फत निःशूल्क रुपमा आस्वा सेवा दिन लागेको हो । बैंकले सबै सर्वसाधारणलाई सेयरमा लगानी गर्दा आस्वा प्रणालीको प्रयोग गर्न आह्वान समेत गरेको छ । बैंक लि.ल सेन्ट्रलाइज्ड आस्वा सेवा पनि निःशुल्क गर्ने भएको छ ।