Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रैराङ हाइड्रोपावरको पाँच लाख ६० हजार कित्ता सेयर वैशाख २५ गतेदेखि

admin २०७४ जेष्ठ १७ गते
सेयर:

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गर्ने भएको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने सेयरमा  सिभिल बैंकको फिदिम र थर्पु शाखा, माछापुच्छ्रे बैंक फिदिम, एनआइसी एसिया बैंक फिदिम एवं एनएमबि बैंकको फिदिम र ताप्लेजुङ शाखामा आवेदन दिन सकिनेछ । एक जनाले न्यूनतम ५० कित्ता देखि अधिकतम २८०० कित्तासम्म आवेदन दिन सक्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एस क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको पाँच लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये, दुई लाख २४ हजार कित्ता प्रत्यक्ष प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याइएको छ भने बाँकी तीन लाख ३६ हजार कित्तामा पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । स्थानीयका लागि उक्त १० प्रतिशत सेयर जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत सेयर जारी गर्नेछ ।  

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आउँदो माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।