सिर्जना फाइनान्स राष्ट्रिय स्तरमा स्तरोन्नति हुने भएको छ । क्षेत्रीय स्तरमा वित्तीय सेवा दिँदै आएको सिर्जनाले अर्को वर्ष ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएर राष्ट्रिय स्तरमा स्तरोन्नति हुने निर्णय गरेको हो । फाइनान्सको सोमबार र मंगलबार बसेको भेलाले सो निर्णय गरेको हो ।