सनराइज बैंक लिमिटेडले सनराइज क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले गरेका हुन् । एन.सि.एम मर्चेन्ट बैकिङ लिमिटेड सनराईज बैंकको स्वामित्वमा आएपछि नाम परिवर्तन गरि सनराईज क्यापिटलको नाममा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
सनराइज बैंकले एन.आई.डी.सी क्यापिटल मार्केन्ट्स लिमिटेडलाई प्राप्ति गरेपछि एन.आई.डी.सी क्यापिटल मार्केन्ट्सको सहायक कम्पनी एन.सि.एम मर्चेन्ट बैकिङ पनि सनराइज बैंकको स्वमित्वमा गएको थियो ।
बैंकहरुले आफ्नो भगिनी संस्थाको रुपमा क्यापिटल मार्केन्स कम्पनीहरु खोल्ने क्रम जारी रहेको छ । यसै क्रममा सनराइज बैंकले पनि भगिनी संस्थाको रुपमा सनराइज क्यापिटल खोलेको हो ।