भारतले चल्तीमा प्रतिबन्ध लगाएको पाँच सय र एक हजार दरका पूराना नोटसहित दुई जना भारतीय नागरिक नेपालमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरियाणा घर भइ काठमाडौं बुढानिलकण्ठ बस्ने ४० बर्षीय अनिलकुमार सोनी र ३४ बर्षीय किरणकुमार सोनि रहेका छन् ।
५० लाख ५० हजार भारु बराबरको प्रतिबन्धित नोटसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । उनीहरुको साथबाट ५०० दरका २६०० थान अर्थात १३ लाख भारु तथा १००० दरका ३७५० थान अर्थात ३७ लाख ५० हजार भारु भेटिएको बताइएको छ ।
प्रहरीले उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।