Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको दमक शाखाबाट ए.टि.एम सेवा सुचारु 

२०७४ जेष्ठ ५ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो दमक शाखाबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको ए.टि.एम स्थानान्तरण गरि नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिम ढोकाबाट सञ्चालनमा ल्याएको समेत जानकारी दिएको छ । 

उल्लेखित दमक शाखाबाट ए.टि.एम. सेवा विस्तार पछि बैंकको कुल ए.टि.एम. संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा ए.टि.एम. सञ्चालनमा रहेको छ ।


 

Ad